चालु आर्थिक वर्ष २०८१–८२ को चार महिना (साउनदेखि कात्तिकसम्म) पाँच खर्ब २१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
पछिल्लो २३ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।
कात्तिकमा एक महिनामा मात्रै एक खर्ब १४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो।
गत आर्थिक वर्ष २०८०–८१ चार महिनामा चार खर्ब ७७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।
यो चार महिनामा दुई अर्ब पाँच करोड रूपैयाँ रेमिटेन्सको रूपमा बाहिरिएको छ।
चार महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षमा भने दुई लाख ६ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या दुई लाख ४१ हजार बढी छन्।