सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
आइतबार ४५.९३ अंक र सोमबार १२.८४ अंक गरी यो दुई दिनमा नेप्से ५८.७७ अंक घटेको हो।
आज २६७६.१५ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात् आइतबार सात अर्ब ४६ करोडको सेयर कारोबार भएकोमा सोमबार पाँच अर्ब ६२ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ८४ करोड रूपैयाँ कमी आएको हो।
आज ३१७ वटा धितोपत्रको एक करोड १५ लाख २३ हजार कित्ता सेयर किनबेच भएको हो।
सोमबार ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटाको घटेको छ। यस्तै १३ कम्पनीको स्थिर रहेको छ।
यसदिन इमर्जिङ नेपालको मूल्य सर्वाधिक ८.७६ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३१६ रूपैयाँ कायम भएको छ।
मिथिला लघुवित्तको मूल्य ७.१४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ४०० रूपैयाँ पुगेको छ।
यस्तै, स्वाभिमान लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार १४१ रूपैयाँमा झरेको छ।
दोस्रोमा खानीखोला हाइड्रोपावरको मूल्य ८.२१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४३२ रूपैयाँ ९० पैसा कायम भएको छ।
सोमबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १८२ रूपैयाँमा ३५ करोड २७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६.०३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३८१ रूपैयाँमा २७ करोड ९१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।
यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले बढेको छ।
जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशतले घटेको छ।