मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०–८१ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ९.५०७९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५००४ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी १९औं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
बैंकले गत वर्ष पनि १० प्रतिशत लाभांश वितरण गरेको थियो।