साताको अन्तिम दिन बिहीबारको कारोबारमा नेप्सेमा उच्च उतारचढाव देखिएको छ।
केही दिनदेखि २८ सय विन्दु आसपास आएर बलियो प्रतिरोध पाइरहेको नेप्से बिहीबार बजार बन्द हुदाँ १३.९५ अंकले बढेर २७४८ विन्दुमा पुगेको हो।
कारोबारको अन्तिम समय एकै पटकमा ६ अंकले बढेर दोहोरो अंकको वृद्धि सम्भव भएको थियो। बिहीबार बढ्दा २७६२ मा पुगेको नेप्से घट्दा भने २७३० सम्म ओर्लिएको थियो।
बजारमा बढेको कारोबारले भने खरिदकर्ताहरू बजारमा हाबी हुँदै गएको देखिएको छ।
बुधबार बजारमा सात अर्ब ९१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार १० अर्ब ३२ करोड रूपैयाँको कारोबार भएको हो।
यसदिन जलविद्युत् र विकास बैंक समूहमा सबैभन्दा धेरै एक प्रतिशत बढीको वृद्धि देखिएको छ। वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापारमूलक समूहका परिसूचक भने घटेका छन्।
तीन सय २१ स्क्रिप्सको कारोबार भएकोमा दुई सय २३ वटाको मूल्य बढेको छ भने ९६ वटाको मूल्य घटेको छ।
गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अप्पर हेवा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ।
रावा इजर्नीको सेयर मूल्य सबैभन्दा धेरै ९.१२ प्रतिशतले घटेको छ।
जानकी फाइनान्सको सबैभन्दा धेरै करिब ३४ करोड २४ लाख रूपैयाँको सेयर किनबेच भएको छ।