प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले कर सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत आर्थिक वर्ष भने बैंकले लाभांश दिएको थिएन।