रूरू जलविद्युत कम्पनीको शनिवार बसेको सञ्चालक समितिले लाभांश प्रस्ताव गरेको छ।
समितिले आर्थिक वर्ष २०८०-८१ मा नाफा पछि १५ प्रतिशत बोनस लाभांश र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले बोनस दिएपछि हुने चुक्ता पुँजीको आधारमा ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।
हकप्रदबाट उठेको रकम सहायक कम्पनी सुम्निमा हाइड्रो पावर कम्पनीले प्रर्वद्धन गरेको ४.९ मेगावाटको अपर पिखुवा खोला र ४.१ मेगावाटको पिखुवा जलविद्युत आयोजना निर्माणको क्रममा लिइएको कर्जा भुक्तानीको लागि प्रयोग हुने बताइएको छ।
यो प्रस्ताव विद्युत् नियमन बिभाग र कम्पनीको साधारण सभाबाट पारित हुन बाँकी छ।