सोमबार ठूला लगानीकर्ता भनेर चिनिने दीपेन्द्र अग्रवालले नै ब्रोकरलाई १६ करोड रूपैयाँ नतिरेको भन्दै ब्रोकर सिप्ला सेक्युरिटिजले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी नै हाल्यो।
पछिल्लो समय बजारमा उधारो कारोबारले पनि लगानीकर्ताहरू दबाबमा रहेको र यही कारण बजार समेत घटेको मानिने गरेको छ।
दैनिक सेयर बजारमा २९ अर्ब रूपैयाँसम्म सेयर कारोबार हुने गरेकोमा अहिले दैनिक चार अर्ब रूपैयाँको कारोबार भइरहेको छ।
३००१ सम्म पुगेको बजार २५०० मुनि आइसकेको छ।
अहिले बजारमा लगानीकर्ताहरूले कति उधारो राखेका छन्? यस्तो उधारो रकमले बजारलाई कसरी प्रभाव पारिरहेको छ? किन ब्रोकर कम्पनीहरू उधारोमा कारोबार गर्न दिन्छन्?
यिनै प्रश्न हामीले नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष तथा कालिका सेक्युरिटिजका अध्यक्ष नरेन्द्रराज सिजापतिसँग गरेका छौं।
प्रस्तुत छ यसै विषयमा तयार पारिएको भिडिओः