सेयर बजार परिसूचक नेप्से केही समयअघि बढेर ३००० भेट्यो।
त्यसयता बजारले करिब १४ प्रतिशत गुमाइसकेको छ। बढिरहेको बजारमा सामान्य करेक्सन आएको मानिँदै गर्दा बजार थप तल झर्न थाल्यो। यसले लगानीकर्ताहरूलाई थप अत्यायो।
बैंकहरूले निक्षेपमा दिने ब्याजदर घट्दो क्रममै छ। बैंकहरूबाट कर्जा गइरहेको छैन। यसैले चाहिँदा बजारलाई आवश्यक पुँजी पर्याप्त छ।
तर पनि बजार किन यसरी घट्यो?
यही प्रश्न हामीले सेयर लगानीकर्ता तथा विश्लेषक राजन तिवारीलाई सोधेका छौं।
उनी भन्छन्, 'बजार बढ्दा ब्रोकरमार्फत् उधारो कारोबार समेत फस्टायो। तर उधारो बढ्दै गएपछि ब्रोकरहरूले समेत त्यो धान्न सक्ने अवस्था आएन। यसले बजारमा बिक्री बढ्यो नेप्से घट्यो। त्यसैले ब्रोकरको क्षमता बढ्दा बजार पनि स्थिर हुँदै जान्छ।'
प्रस्तुत छ तिवारीसँग गरेको कुराकानीको सारांश भिडिओमाः