प्रभु बैंकले कीर्तिपुर नपा वडा नं. ९ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
शाखाको उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरे।
आजदेखि सञ्चालनमा आएको बैंकको कीर्तिपुर शाखाबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुने बैंकको भनाइ छ।