प्रभु बैंकले शंखरापुर नपा वडा नं. ७ स्थित साँखुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
उक्त शाखाको शंखरापुर नपाका मेयर सुवर्ण श्रेष्ठले उद्घाटन गरे।
साथै उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैकले कृषि, उद्योग र पर्यटन क्षेत्रमा लगानी बढाउने उद्देश्यका साथ बिभिन्न सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आइरहेको हँुदा कृषि,उद्योग र पर्यटनको प्रचुर संभावना बोकेको साँखु क्षेत्रका स्थानिय बासिन्दालाई यस बैकबाट प्रदान गरीने बिभिन्न कर्जा सुविधा लगायतका अन्य अत्याधुनिक सेवाहरु उपभोग गरी लाभ लिन आग्रह गरे।