टाटाको नयाँ बस नेपाली बजारमा


टाटा मोटर्सको लागि नेपालको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ्गले स्टारबस अल्ट्राको मोडल एलपीओ ७.५ टी अल्ट्रा एयर कण्डिसन बस नेपाली बजारमा ल्याएको छ।
३७८३ सिसीमा १२३ हर्ष पावरको विस्कोस फ्यान जडित एउटै ईञ्जिनबाट चल्ने एयर कण्डिसन रहेको छ। पाराबोलिक सस्पेन्सन र रेडियल टायर जडित एलपिओ च्यासिसमा बनेको विश्वस्तरीय बडी आकर्षक देखिन्छ। पर्यटकलाई सुविधा सम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने पर्यटन उद्योग व्यबसायीलाई लक्षित गरि नेपाली बजारमा ल्याइएको बसले पर्यटन क्षेत्रलाई गुणस्तरीयता थप्न मद्दत गर्ने सिप्रदीको भनाइ छ।
अति आधुनिक ड्यासबोर्ड रहेको बसमा न्युमेटिक सिस्टमको ढोका रहेको छ जुन चालक आफैंले खोल्न र बन्द गर्न सक्दछ र चालकको सुविधालाई ध्यानमा राखेर अलग्गै क्याबिन कम्पार्टमेन्ट बनाइएको छ।
बसमा २९ आरामदायी सेमी रिक्लाइनिङ सिटहरु छन्। बसमा सामानहरु राख्नको लागि पर्याप्त ठाँउको साथै हातको व्याग समेत राखेर आरामसँग बस्न मिल्ने व्यबस्था छ।
८४० मिमि को फ्लोर हाईट भएको बसमा फिक्स्ड विण्डो ग्लास र भेन्टिलेसन, प्रत्येक सिटमा पंखाहरु, सबै विण्डोहरुमा आकर्षक पर्दा अनि स्टेरियो साउण्ड सिस्टम नयाँ बसको थप विशेषताहरु हुन्। साथै यस गाडीमा ३ बर्ष वा ३ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.