विश्व वातावरण दिवस २०२५ को अवसरमा हुवावे नेपालले आफ्नो फ्युजन चार्ज स्मार्ट इभी चार्जिङ नेटवर्कको सुरुवात गरेको छ।
गाडी चार्ज कम्पनी र नेपाल एकरात इन्जिनियरिङ कम्पनीसँगको सहकार्यमा हुवावेले हेटौंडामा पहिलो फ्युजन चार्ज स्टेशनको उद्घाटन गरेकाे हाे।
योसँगै हुवावेले सन् २०२५ भित्र राष्ट्रव्यापी चार्जिङ्ग नेटवर्क पुर्याउने लक्ष्य लिएको छ। जसले नेपालभर ग्रीन मोबिलिटी र वातावरणीय दिगोपनलाई तीव्र बनाउने कम्पनीले विश्वास लिएको छ।
बागमती प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालको इभी चार्जिङ्गमा एक महत्वपूर्ण कोशेढुंगाका रूपमा रहेको हेटौंडामा पहिलो फ्युजन चार्ज स्टेशनको उदघाटन गरे।
हुवावेले २०२५ को अन्त्यसम्ममा देशभर थप ९ वटा स्थानमा स्मार्ट इभी चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याउने तयारी गरेको छ।
फ्युजन चार्ज, हुवावेको नयाँ पुस्ताका लागि तयार पारिएको स्मार्ट इभी चार्जिङ सोलुसन हो, जसले फोटोभोल्टिक्स र ऊर्जा भण्डारण प्रणालीलाई एकीकृत गर्दै विद्युत ग्रिड–मैत्री, हाई–एपिÞmसिएन्सि स्मार्ट चार्जिङ अनुभव दिने हुवावेको दाबी छ।
लिक्वीड कुलिड मोड्युलर आर्किटेक्चर र बहु–स्तरीय पावर पुलिंगको साथ डिजाइन गरिएको यस प्रविधिले ५०० किलोवाट सम्मको अल्ट्रा–फास्ट चार्जिङलाई सपोर्ट गर्छ।
जसले व्यक्तिगत सवारी साधनदेखि सार्वजनिक यातायात फ्लिटहरूसम्म सबै प्रकारहरूको सवारी साधनका लागि सुरक्षित र स्केलेबल, दीर्घकालिन चार्जिङ समाधान सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।
फ्युजन चार्ज प्रविधिले व्यक्तिगत सवारी साधनदेखि ठूला फ्लिटहरूसम्म सबै किसिमका इभी गाडीहरूका लागि चार्जिङ सपोर्ट गर्दछ।
यसले पावर एपिसिएन्सी ८० प्रतिशतसम्म बढाई लिक्वीड कुलिड डिजाइन मार्फत अत्यधिक तापक्रम (–३५ डिग्रीदेखि ४५ डिग्रीसम्म) मा पनि सुरक्षित, अल्ट्रा–फास्ट चार्जिङ (५०० किलोवाट सम्म) सुनिश्चित गर्छ।
मोड्युलर र स्केलेबल संरचनाको साथ यसले सजिलो अपग्रेड र लामो आयु (१० वर्ष भन्दा बढी) का साथै स्तरीय इन्सुलेशन र सुरक्षा मार्फत तपाईंको लगानीलाई समेत सुरक्षित गर्दछ।
यसको शान्त अपरेशन (५० मद्य मुनि) तथा युनिवर्सल कम्पाटिबिलिटिले आवासीय र व्यावसायिक सेटिङहरूदेखि उच्च–मागका सार्वजनिक स्टेशनहरू सम्म सहज चार्जिङ्ग अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
फ्युजन चार्जमा लिक्वीड कुलिड, मल्टी लेभल पावर पुलिङ र इएसएसका लागि डिसी बस इण्टेग्रसनको सुविधा दिइएको छ। यसले सोलार र ब्याट्री स्टोरेज प्रणालीहरू लाइ एकीकृत गरी सहज, ग्रीड–मैत्री चार्जिङ सेवा प्रदान गर्दछ।
यसले प्रतिक्रियाशील पावर नियन्त्रण ओटिए अपडेटहरू र एकीकृत अनुगमन प्लेटफर्मका साथ् स्मार्ट उर्जा प्रयोग र निर्वाध मर्मत सम्भार पनि सहज बनाउँछ।
जसको अर्थ यसले पिक–शेभिङ र प्रयोगको समय अनुकूलन जस्ता उन्नत ऊर्जा व्यवस्थापन मोडेलहरूलाई समर्थन गर्न सक्छ। यी सुविधाहरूले फ्युजन चार्ज प्लेटफर्म भविष्यको लागि तयार छ भनी सुनिश्चित गर्दछ।
जसले यसलाई आवासीय र व्यावसायिक सेटिङहरूदेखि उच्च–माग भएका सार्वजनिक स्टेशनहरूसम्म, विविध वातावरणमा समेत प्रयोग गर्न सक्षम बनाउँछ।
हुवावेले 'सिड्स फर द फ्युचर' जस्ता ऐतिहासिक कार्यक्रमहरू मार्फत डिजिटल समावेशीकरण, रोजगारी सिर्जना, नवीकरणीय ऊर्जा र शिक्षामा योगदान पुर्याउँदै आएको छ।