नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
आइतबार अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास गुण्डुमा बसेको सचिवालय बैठकले आगामी असोज २७ देखि २९ गतेसम्म बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उक्त बैठकमा भदौ २३ र २४ गतेको घटनाको गम्भीर समीक्षा गरिने ज्ञवालीले बताए। त्यसअघि असोज १९ र २० गते सचिवालयको अर्को बैठक बस्ने तय गरिएको पनि उनले जानकारी दिए।