राइड सेयरिङ कम्पनी इनड्राइभले ललितपुरमा आधिकारिक कार्यालय खोलेको छ।
शुक्रबार एक कार्यक्रम गरी उक्त कार्यालयको उद्घाटन गरेको हो।
कार्यालयको सुरूआतसँगै इनड्राइभले अब चालकलाई प्रशिक्षण तथा राइडरहरूलाई सुरक्षा केन्द्रित सेवाह प्रदान गर्नेछ।
'हामी हामा चालक साझेदारहरूका लागि कार्यालय खोल्न पाउँदा खुशी छौं,' इनड्राइभमा एपिएसीका क्षेत्रीय निर्देशक मार्क टोलीले भने।'
कार्यालयमा नियमित प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ जसले चालकहरूलाई व्यवसायिक जानकारी प्रदान गर्ने इनड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले बताइन्।
'नेपाल इनड्राइभको लागि एक प्रमुख बजार हो। हामी हाम्रो नेपाली ग्राहकलाई उच्चस्तरीय सेवा दिन प्रतिबद्ध छौं,' उनले भनिन्।