सार्वजनिक यातायात क्षेत्रको संरक्षण र व्यवस्थापनमा सरकारले चालेको कदमप्रति आपत्ति जनाउँदै सार्वजनिक यातायात बचाउ केन्द्रीय महासंघहरू मजदुर संघ/संगठनहरूको केन्द्रीय संघर्ष समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
आज उनीहरूले ११:३० बजेदेखि १२:३० बजेसम्म चक्रपथ सडक खण्ड र भक्तपुर मुख्य सडक खण्डमा सवारी साधनहरू (ट्याक्सी ,बस ,ट्रक) लाइनबद्ध गरेर चक्काजाम गरेका छन्।
साथै जेठ १८ गते १२:३० बजे माइतीघर मण्डलमा सम्पूर्ण यातायात व्यवसायी वृहत् विरोध गर्नेसम्म चेतावनी दिएका छन्।
संघर्ष समितिका अनुसार सवारी ऐन २०४९ को परिशिष्ट २ को दफा ५ र २२ दफा १२ को विपरीत हुने गरी निजी क्षेत्रलाई कालो प्लेटमा सवारी सञ्चालनको अनुमति दिनु सार्वजनिक यातायात क्षेत्रको विनाशको षड्यन्त्र भएको आरोप लगाइएको छ।
गण्डकी प्रदेश सरकारले मिति २०८२/२/१ गते प्रकाशित राजपत्रमार्फत निजी सवारी साधनलाई कालो प्लेटमा भाडामा सञ्चालन गर्न अनुमति दिएकोमा समितिले आपत्ति जनाएको हो।
संघर्ष समितिले आन्दोलनका कार्यक्रमअन्तर्गत २०८२ जेठ १६ गते प्रदेशभर विरोध र्याली गर्ने जनाएको छ।
यदि सरकार संवेदनशील नभए २०८२ जेठ १९ गतेदेखि देशव्यापी सवारी साधन घर ग्यारेजमा थन्काउने आमहड्ताल गर्ने चेतावनी पनि समितिले दिएको छ।
तस्बिरहरू:
-1748676740.jpg)
-1748676739.jpg)
-1748676740.jpg)
-1748676737.jpg)
-1748676737.jpg)
-1748676738.jpg)
-1748676738.jpg)
-1748676736.jpg)
-1748676736.jpg)
-1748676736.jpg)
-1748676736.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी