यातायात व्यवस्था विभागले अत्यावश्यक लाइसेन्स छपाइ बन्द गरेको छ।
प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि यो सेवा बन्द गरिएको जनाइएको छ।
विभागले आइतबार सूचना जारी गर्दै यस्तो सेवा बन्द गरिएको जानकारी गराएको छ।
विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ हुँदै आएको थियो।
यो काम अब अर्को सूचना प्रकाशन नभएसम्म बन्द भएको विभागको सूचनामा उल्लेख छ।
