नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले इटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तर्क्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ।
कम्पनीका अनुसार नयाँ क्रेटा इभी (इलेक्ट्रिक गाडी) को सुरुवातले ग्राहकलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको छ।
धेरै मानिसलाई इभी लिँदा स्पेयर पार्ट्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहँदैन भन्ने चिन्ता हुन्छ। तर हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरू गरिसकेको र यसको पेट्रोल गाडी र इभी दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले अब यस्तो चिन्ता गर्नु पर्दैन।
हुन्डाईका ग्राहकहरूले इभी होस् वा पेट्रोल गाडी, सेवा, पार्ट्स र सपोर्ट समान रूपमा पाउनेछन्।
यसै अभियान अन्तर्गत कम्पनीले वैशाख २६ गते (९ मे २०२५) मा इटहरी र विराटनगरको हुन्डाई नेपाल इस्टर्न प्रा.लि. (हुन्डाईको आधिकारिक डिलर) मा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
यस कार्यक्रममा हुन्डाईका नयाँ गाडीहरू विशेष गरी क्रेटा इभी सार्वजनिक गरिएको छ। यसका साथै त्यहाँ उपस्थित व्यक्तिहरूले हुन्डाईको टिमसँग प्रत्यक्ष कुराकानी गर्दै गाडी सम्बन्धी जानकारी लिएका थिए।