जिओ अटोमोबाइल नेपाल र लक्ष्मी इ–मोबिलिटीले 'मस्ट प्रमिसिङ पार्टनर' अवार्ड पाएका छन्।
चीनको यिविनमा भएको कायी अटो ग्लोबल कन्फरेन्स अवार्ड समारोहमा यो अवार्ड नेपालमा कायीका गाडी बिक्री गर्ने यी दुई कम्पनीलाई दिइएको हो।
जिओ अटोमोबाइलको तर्फबाट प्रबन्ध निर्देशक आकाश गोल्छा र लक्ष्मी इ–मोबिलिटीको तर्फबाट लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठलाई अवार्ड उपलब्ध गराइएको हो।
नयाँ प्रविधि र ग्राहकमैत्री सेवाको क्षेत्रमा गरेको योगदान तथा इलेक्ट्रिक गाडीको प्रवर्द्धनमा देखाएको अग्रगामी भूमिकालाई अवार्ड दिइएको उल्लेख गरिएको छ।
कायी मोटर्स सन् २०१४ मा चिनियाँ अटोमोटिभ कम्पनी चेरी होल्डिङ ग्रुपको सहयोगमा स्थापना गरिएको थियो। कायीले एसयुभी, क्रसओभरका साथै विद्युतीय गाडी उत्पादन गरेको छ।