क्रसफायर मोटरसाइकलले नयाँ मोडल क्रसफायर आरएमजेड २५० एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ।
कार्यक्रममा नेपालभरीका डिलर, मिडिया प्रतिनिधि, मोटरसाइकल प्रेमी र इन्फ्लुएन्सरहरूको उपस्थिति रहेको थियो।
यसको आक्रामक डिजाइन र उच्च प्रदर्शन क्षमताले सबैको ध्यान खिच्न सफल भएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार कार्यक्रममा क्रसफायरका पुराना सबै मोडलहरू पनि प्रदर्शन गरिएका थिए, जसले ब्रान्डको यात्रा र निरन्तर विकासलाई झल्काउँछ।
कार्यक्रमकै दिन नेपालभरका डिलरमार्फत करिब २५ वटाआरएमजेड २५० युनिटहरू ग्राहकहरूलाई डेलिभर गरिएको थियो, यसले यो मोटरसाइकलप्रति बजारमा रहेको उत्साह र विश्वास प्रस्ट देखाउँछ।
क्रसफायर आरएमजेड २५० को विशेषताहरू:
नेपालको कठोर भूगोलका लागि तयार पारिएको यो मोटरसाइकल अफ-रोड एडभेन्चरमा उच्चतम स्तरको प्रदर्शन दिन सक्षम छ।
पावर आउटपुट: ३२.४९ एचपी (२३.८ किलाे वाट) @ ९२५० आरपिएम
अधिकतम टर्क: २६.५३ एनएम @ ७५०० आरपिएम
इन्धन ट्यांक: ९ लिटरको एन्डुरो स्टाइल फ्युल ट्यांक, लामो यात्रा र ट्रेलहरूका लागि उपयुक्त
सस्पेन्सन: उन्नत हाई-एन्ड सस्पेन्सन सिस्टम अफ-रोड चुनौतीहरूका लागि तयार
ब्रेकिङ सिस्टम: हाई परफर्मेन्स ब्रेकिङ कम्पोनेन्टहरू सुसज्जित
यसको मूल्य आठ लाख ४९ हजार रूपैयाँ तोकिएको छ।