एसजे मोटोले हिमालयन जाभासँग साझेदारी गर्दै पोखरामा नयाँ अनुभव प्रदान गर्न क्याफे र ग्यालरीको सुरुवात गरेको छ।
उक्त क्याफे र ग्यालरी प्रिमियम कफी, मोटरसाइकल संस्कृतिका उत्साही तथा यात्रुहरूका लागि भेटघाट गर्ने एक रोमाञ्चक हबको रूपमा रहेको बताइएको छ।
पोखराको लेकसाइड रोडमा खोलिएको एसजे मोटो हिमालयन जाभा क्याफेले मानिसहरूले मोटरसाइकल र कफीप्रतिको प्रेम अनुभव गर्ने तरिकालाई पुनः परिभाषित गरेको छ।