निसान मोटर इन्डियाले आफ्नो हालको प्रोडक्ट-लाइनअपमा नयाँ सेभेन-सिटर बि-एमपिभी थप्ने घोषणा गरेको छ।
हालसालै जापानको योकोहामामा सम्पन्न 'ग्लोबल प्रोडक्ट सोकेस इभेन्ट'मा निसानले भारतको लागि लक्षित दुई नयाँ उत्पादनहरू प्रदर्शनसमेत गरेको थियो।
यो घोषणा निसानको भारत बजारको लागि लक्षित योजना अनुरुप छ, जसअन्तर्गत आफ्ना ग्राहकहरूको बढ्दो आकांक्षाअनुरुप हालका उत्पादनहरूलाई परिमार्जन गरी प्रस्तुत गर्ने योजना रहेको बताइएको छ।
यसअन्तर्गत परिमार्जित गाडीहरू तीव्र गतिमा वृद्धि भइरहेको बि-एमपिभी, सि-एसयुभी जस्ता सेगमेन्टका साथै नयाँ निसान म्यागनाइटले नेतृत्व गरेको बि-एसयुभी सेगमेन्टमा पनि उपलब्ध गराइनेछ।
निसानको लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपाली बजारमा पनि यो लाइन-अप सार्वजनिक गर्ने घोषणा गरेको छ।
निसानको नयाँ सेभेन-सिटर बि-एमपिभी (मल्टी-पर्पस भिहेकल)को पहिलोपटक विश्वव्यापी सार्वजनिक प्रदर्शनसँगै निसानको 'प्लान्ड प्रोडक्ट-अफेन्सिभ' रणनीति सुरू भएको छ।
उक्त सेभेन-सिटर, निसानको भारतको प्रोडक्ट-पोर्टफोलियोमा नयाँ (ब्रान्ड-न्यू) सदस्यको रूपमा थपिने छ, जुन सन् २०२५ को आर्थिक वर्षमा सार्वजनिक गरिने छ ।
त्यसपछि, पहिले नै घोषणा गरिएको फाइभ-सिटर सि-एसयुभी (कम्प्याक्ट स्पोर्ट्स युटिलिटी भिहिकल) आर्थिक वर्ष सन् २०२६ को सुरुवातमा सार्वजनिक गरिनेछ।
कम्पनीले दुई नयाँ टिजरहरू सार्वजनिक गरेको छ जसले दुवै सवारी साधनहरूको 'डेभलपमेन्ट र टाइमलाइन' पुष्टि गर्दछ।
बि/सी र डिएसयुभी सेगमेन्टका भारतीय ग्राहकहरूका लागि ४ नयाँ उत्पादनहरू सार्वजनिक गर्ने लक्ष्यतर्फ नै निसान मोटर इन्डिया अघि बढिरहेको छ।
नयाँ सि-एसयुभी निसान पट्रोलको डिजाइनबाट प्रेरित छ। यो सि-एसयुभीले प्रतिष्ठित निसान एसयुभीको डिएनए प्रस्तुत गर्दै निसानको विश्वव्यापी रूपमा परिचित उच्च विश्वसनीयता, प्रिमियम निर्माणशैली र अत्याधुनिक प्रविधि प्रदान गर्नेछ।
अर्कोतर्फ निसानको सेभेन-सिटर बि-एमपिभीले आफ्नो खरिदमा अधितम लाभ खोज्ने ग्राहकहरूलाई उत्कृष्ट मूल्यमा उत्कृष्ट फाइदा, गुणस्तर र सहजता प्रदान गर्नेछ।
निसानको बि-एमपिभीले निसानको विशिष्ट डिजाइन फिलोसोफिमा पृथक रहेको 'मस्कुलर स्टाइलिङ' प्रस्तुत गर्नेछ। यो बि-एमपिभी, सवारीको आनन्दमा सम्झौता नगरिकन सबै यात्रुहरूका लागि उत्कृष्ट आराम सुनिश्चित हुने गरी डिजाइन गरिएको छ ।
भारतको वार्षिक आन्तरिक बिक्री र निर्यात (एनुअल डोमेस्टिक सेल्स एन्ड एक्स्पोर्टस्)मा १ लाख इकाईको महत्त्वाकांक्षी लक्ष्य हासिल गर्ने दिशामा निसान अघि बढिरहेको छ।
यस लक्ष्यलाई साथ दिन, कम्पनीले दुवै नयाँ उत्पादनहरू चेन्नइस्थित 'अलायन्स जेभि प्लान्ट'मा स्थानीय रूपमा नै उत्पादन गर्नेछ ।
नयाँ निसान म्याग्नाइटको सफलतामा आधारित हुँदै निसानले भारतमै निर्माण गरी विश्वभर निर्यात गरिने नयाँ सि-एसयुभी पनि प्रस्तुत गर्ने भएको छ ।