बिवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ।
पोखरा प्रदर्शनी केन्द्रमा फागुन १४ देखि प्रारम्भ भएर आगामी फागुन १७ सम्म चल्ने उक्त अटो सोमा बिवाइडीले दिगो यातायात समाधानको मिसनका साथ बिवाइडी डल्फिन, एट्टो ३ र एम६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन गरेको छ।
१. बिवाइडी डल्फिन– सुरक्षित तथा स्मार्ट फेमिली कारको रूपमा परिचित बिवाइडी डल्फिनमा एड्भान्स्ड सेफ्टी, इनोभेटिभ टेक्नोलोजी र स्मुथ तथा सिटी–फ्रेन्ड्ली ड्राइभिङ एक्सपेरियन्स लगायतका विभिन्न फिचर भएर पनि अफोर्डेबल समेत रहेको छ।
२. बिवाइडी एट्टो ३– नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभीको रूपमा परिचित बिवाइडी एट्टो ३ नेपालका नम्बर १ एसयुभी समेत बनेको छ। सिटी ड्राइभिङ र लामो दुरीको यात्रा दुवैका लागि डिजाइन गरिएको बिवाइडी एट्टो ३ स्पोर्टी एस्थेटिक्स, पावरफुल पर्फमेन्स र एड्भान्स्ड टेक्नोलोजीयुक्त छ।
३. बिवाइडी एम६– नेपालको पहिलो प्रिमियम ७–सिटर इलेक्ट्रिक एमपिभिको रुपमा परिचित बिवाइडी एम६ स्पेसियस र लक्जरी मल्टी–परपोज भेइकल अर्थात एमपिभी हो। शून्य उत्सर्जनयुक्त ड्राइभिङको फाइदा र प्रिमियम कम्फर्ट खोज्ने परिवारका लागि यो उपयुक्त विकल्प हो।
आकर्षक इभी मोडल प्रदर्शन गर्नुका साथै अटो सोमा सवारी साधन किन्ने ग्राहकका लागि बिवाइडीले सीमित समयका लागि एक्सक्लुसिभ अफर८ समेत ल्याएको छ।
सो अफर अन्तर्गत निम्न सुविधा पाउन सकिने छ :
२० प्रतिशत डाउन पेमेन्ट
१० वर्ष वा २ लाख किलोमिटर वारेन्टी
१ वर्ष फ्रि इन्स्योरेन्स
१ वर्ष रोड ट्याक्स कभरेज
आकर्षक नगद छुट
फ्रि एसेसरिज
फ्रि होम चार्जर