सनलङको इलेक्ट्रिक कार्गो पिकअप नेपाल भित्रिएको छ।
वेबर ग्रुप अन्तर्गत ब्लू कर्पोरेसन प्रालिले सनलङको कार्गो भ्यान नेपाल ल्याएको हो।
कम्पनीले ललितपुरको बालकुमारीमा सोरुम स्थापना गरेर सनलङ इभीयू–३ कार्गो भ्यान सार्वजनिक गरेको हो।
सनलङ इभीयू–३ मा ७० किलोवाट क्षमाताको मोटर उपलब्ध छ।
यसमा कम्पनीले ४२ किलोवाट आवरको लिथियम आइरन फोस्पेट ब्याट्री दिएको छ।
यसलाई एक पटकको फुलचार्जमा २८६ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ।
सनलङ इभीयू–३ को लम्बाई ४९९५ एमएम, चौडाइ १६६५ एमएम, उचाइ १८२० एमएम र ह्विलवेस ३०५० एमएम रहेको छ। यसको कार्गोको स्पेसको लम्बाई ३१५५ एमएम, चौडाइ १५४० एमएम र उचाई ३३० एमएम छ।
यसमा १.४ टन लोडिङ क्षमता रहेको छ।
यसको टप स्पिड ९० किलोमिटर प्रति घन्टासम्म छ।
यसमा १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ। कम्पनीले यसमा भएको ब्याट्री र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिने बताएको छ।
ब्लु कर्पोरेसनले ३१ लाख ४५ हजार रूपैयाँ तोकेर बिक्री सुरू गरेको हो।
कम्पनीले निकट भविष्यमै कमर्सियल भ्यानसमेत ल्याउने तयारी थालेको छ।
कम्पनीसँग १२ सिटे, १४ सिटे, १९ सिटे भ्यान उपलब्ध हुनेछ।