टोटल इनर्जीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्युब आयल प्रालिले आफ्नो रिटेलर मिट २०२५ सम्पन्न गरेको छ।
टोटल इनर्जिज इण्डियाका प्रमुख कार्यकारी अधिकृत विकेन नजारियनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका वरिष्ठ प्रबन्धक(निर्यात) प्रविण कुमार, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक निराकर श्रेष्ठ, निर्देशकहरू अनुकुल श्रेष्ठ, सुलभ श्रेष्ठ, अनुभव श्रेष्ठ र सेल्स हेड सुवोध थापा लगायतको उपस्थिति रहेको थियो।
नेपालमा टोटल इनर्जिज ब्रान्डको विकासका लागि नयाँ योजना, रणनीति र प्रगतिका बारेमा जानकारी गराउँदै डिलर र रिटेलरहरूसँगको सम्बन्धलाई सुदृढ बनाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको थियो।
कम्पनीका अनुसार देशभरका २०० भन्दा बढी डिलर र रेटलरहरू सहभागी उक्त कार्यक्रम लक्ष्मी ल्युब आयलको हालसम्मकै सबैभन्दा ठूलो डिलर कार्यक्रम हो।
कार्यक्रमको शुभारम्भ गर्दै लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले नेपाली लुब्रिकेन्ट बजारमा चुनौती र अवसर दुबै भएको बताए।
व्यवसायको सफलतामा डिलर तथा रिटेलरहरूको महत्त्वपूर्ण भूमिका रहने धारणा राख्दै उनले टोटल इनर्जिजसँगको सहकार्यलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
टोटल इनर्जिज मार्केटिङ इण्डियाका प्रमुख कार्यकारी अधिकृत विकेन नजारियनले टोटल इनर्जिजलाई विश्वको चौथो ठूलो लुब्रिकेन्ट कम्पनी बनाउने प्रमुख आधारबारे जानकारी गराए।
यसैगरी, प्रविण कुमार र सुवोध थापाले २०२४ मा भएका विविध गतिविधि तथा नेपालमा बजार विस्तारको योजना र रणनीतिका बारेमा प्रस्तुति दिए।
कार्यक्रममा २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने साझेदारहरूलाई सम्मान गरिएको थियो।
काठमाडौं जोरपाटिस्थित शंकर यमुना अटो पाटलाई गत वर्षको उत्कृष्ट डिलरको अवार्ड प्रदान गरिएको थियो भने चन्द्रागिरीस्थित चन्द्रागिरी अटो क्लिनिकले उत्कृष्ट रिटेलर र किसान ट्रेडिङ कन्सर्नले उत्कृष्ट ओइएम÷फ्लििट अवार्ड हात पारे।
लक्ष्मी ग्रुपका अध्यक्ष लगायतले अवार्ड हस्तान्तरण गरे।
कार्यक्रमा सहभागी सम्पूर्ण डिलर तथा रिटेलरहरूलाई उनीहरूले ब्रान्डको प्रवर्द्धन गर्न निरन्तर गरेको योगदान स्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रम अवधिभर उनीहरूले लक्ष्मी आयल ल्युब आयलसँगको सहकार्यका अनुभवहरू साझा गर्दै कम्पनीको समर्थन, समयमै आपूर्ति र उत्पादनको गुणस्तरप्रतिको प्रतिबद्धताबारे छलफल गरे।
यस च्यानल मिट कार्यक्रमले लक्ष्मी ल्युब आयलको विश्वसनिय वितरको भूमिकालाई सुदृद्ध बनाउँदै नेपालमा टोटल इनर्जिज लुब्रिकेन्ट्सको वृद्धिका लागि ठोस आधार तयार गरेको कम्पनीको भनाइ छ।