निर्माण क्षेत्रमा प्रयोग हुने विभिन्न हेभी इक्विप्मेन्टअन्तर्गत कोमात्सु कम्पनीको नयाँ मोडलको एक्स्काभेटर औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
नेपालका लागि कोमात्सु हेभी इक्विप्मेण्टको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि र राउत कन्ट्रक्सन सर्भिसेज प्रालिले अत्याधुनिक स्याटेलाइट मोनिटरिङ प्रणालीसहितको पिसी२०५–१०एमजिरो मोडलको एक्स्काभेटर सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको नयाँ मोडलको एक्स्काभेटर इन्धन खपतमा किफायती र उच्चतम कार्यक्षमताको भएको कम्पनीले जनाएको छ।
कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका कार्यकारी निर्देशक टंकप्रसाद भट्टका अनुसार कोमात्सु पिसी२०५–१०एमजिरो बलियो, इन्धन कम खपत गर्ने र नेपालको जुनसुकै भूगोलका लागि सुहाउँदो हाइड्रोलिक उत्खननकर्ता एक्स्काभेटर हो।
जुन मेसिन नेपालको निर्माण क्षेत्रको आवश्यकताहरू पूरा गर्ने गरी नयाँ डिजाइन गरिएको उनले बताए।
यो मेसिनको सुरूको लागत र त्यसपछिको सञ्चालन खर्च पनि अविश्सनीय किफायती रहेको कम्पनीको भनाइ छ।
नेपालको पूर्वाधार क्षेत्रमा जुनसुकै भूगोलमा पनि यो उपकरण बरदान सावित हुने कम्पनीको दाबी छ।
कोमात्सु हेभी इक्विप्मेन्ट श्रेणीमा विश्वभर ख्याति कमाएको जापानिज कम्पनी हो। यो कम्पनीले भारतसहित दक्षिण एसियाली मुलुकको निर्माण क्षेत्रको आवश्यकता पूरा गर्नका लागि चेन्नईमा एसेम्बलिङ प्लान्ट राखेको छ।
जसले गर्दा लामो दुरीको ढुवानी खर्च कम भई मेसिनको डेलिभरीसमेत छिटो हुने गरेको कम्पनीले जनाएको छ।
मुख्य इन्जिन भने प्यारेन्ट कम्पनीबाटै आउने भएकाले संसारभरी नै कोमात्सु कम्पनीका हेभी इक्विप्मेन्टका उपकरणहरूको गुणस्तर समान हुने कम्पनीको भनाइ छ।
भर्खरै सार्वजनिक गरिएको नयाँ उपकरण पिसी२०५–१०एमजिरो मोडलको एक्स्काभेटर नेपाली सडकको औसत क्षमताअनुसार २१ टनको हो।
यो उपकरण हेभी ड्युटीका जुनसुकै काममा प्रयोग गर्न सकिने कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका कार्यकारी निर्देशक टंकप्रसाद भट्टले बताए।
हेभी इक्विप्मेन्टतर्फ कोशी तथा मधेस प्रदेशमा ख्याति जमाएको मोरङस्थित राउत कन्ट्रक्सन सर्भिसेज प्रालि विगत २१ वर्षदेखि कोमात्सु कम्पनीको हेभी इक्विप्मेन्ट उपकरणहरूको बिक्री तथा सर्भिसिङ सेवा दिँदै आएको कम्पनी हो।
यो कम्पनीले निर्माण क्षेत्रको मागअनुसार मेसिनहरूको हाइरिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ।