नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले कलरफुल एक्सचेन्ज अफर आयोजना गरिरहेको छ।
बुधबारसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरू नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त इभी गाडीहरूसँग गाडीहरू साट्न सकिने छ।
यो एक्सचेन्ज अफर टाटा मोटर्सको देशैभरी रहेका सोरुमहरूमा आयोजना भइरहेको छ।
यस एक्सचेन्जमा सहभागी भएर ग्राहकहरूले इन्ट्री लेबलमा नेपालको सर्वाधिक रुचाइएको टियागो इभी, कम बजेटमा एसयुभीको आनन्द दिने पन्च इभी, अझै धेरै यात्रा गर्नेहरूको लागि नेक्सन के३ इभी र प्रिमियम एसयुभी कुपे कर्भ इभीमा आकर्षक डिलहरू पाउन सक्नेछन्।
यस कलरफुल एक्सचेन्ज कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, १ वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङमा आकर्षक गिफ्ट प्राप्त गर्नेछन्।
यस कार्यक्रमको अबसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।