टाटा मोटर्सको नेपालका लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभी, नेक्सन के३ इभी र टाटा सफारी वीरगञ्जमा सार्वजनिक गरेको छ।
वीरगञ्जस्थित प्राइम मोटर्समा बहुप्रतीक्षित गाडीहरु कर्भ इभी, नेक्सन के३ इभी र टाटा सफारी सार्वजनिक भएका छन्।
सो कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको साथ सिप्रदी ट्रेडिङका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले भने, 'आज वीरगञ्जमा टाटाका नयाँ गाडीहरू लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौं। अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरू आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्नु हुन्छ र बिक्रीपछिको सेवाको लागि सिप्रदी तत्पर लागिरहेको छ। त्यसैले टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नयाँ गाडीहरू ढुक्क भएर लिन सक्नु हुन्छ। सिप्रदीको सुरुवात देखि नै बिक्रीपछिको सेवालाई जोड दिँदै आएको हो र आज ४४ वर्ष पछि पनि त्यसलाई निरन्तरता दिँदै गाडीको बिक्रीपछिको सेवाहरू-सर्भिस र चार्जिङ नेटवर्कलाई प्राथमिकतामा रहेको छ।'
त्यस्तै, प्राइम मोटर्सका प्रोपाइटर सुवोध सापकोटाले वीरगञ्जमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए। विशेषगरी भारतमा निकै रुचाइएको टाटा कर्भ इभीको धेरै ग्राहकहरू प्रतीक्षा गरिरहेका र आजबाट गाडी डेलिभरी गर्न पाउँदा उत्साहित भएको बताए।
कार्यक्रममा बोल्दै प्रमुख अथिति जनार्दन सिंह क्षेत्रीले भने, 'सिप्रदीको सर्भिस सुविधा देखेर अत्यन्त प्रभावित भएको छु। यसमा अझै थप विकाश हुदै जाओस भन्ने कामना व्यक्त गर्न चाहन्छु।'
टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले कर्भ इभीमा सिंगल चार्जमै लामो दुरीको यात्रा- काठमाडौं, भारतको पटना, मुज्जफापुर सजिलै आवत जावत गर्न सकिने बताए।