रोयल इनफिल्ड नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभद्वारा आयोजित पहिलो संस्करणको 'मेगा सर्भिस क्याम्प २०२५' सफलता पूर्वक सम्पन्न भएको छ।
उक्त क्याम्प रोयल इनफिल्डको सर्भिस सेन्टर ललितपुरमा फागुन २३ गते २५ गतेसम्म आयोजना गरिएको थियो।
कार्यक्रमको औपचारिक उद्घाटन अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले गरेका थिए।
तीन दिनसम्म सञ्चालन भएको यो क्याम्प रोयल इनफिल्ड राइडर एवम् ग्राहकहरूका लागि विशेष सेवा अफर, हेल्मेट सेफ्टीका बारेमा जानकारी, विशेषज्ञहरूसँग अन्तर्क्रिया र मनोरञ्जनात्मक गतिविधिहरू सहित आयोजना गरिएको थियो।
यस क्याम्पमा ग्राहकहरूका लागि विभिन्न विशेष सर्भिस अफरहरू उपलब्ध गराइएको थियो, तथा स्पेयर पाट, लुब्रिकेन्ट, र श्रम शुल्कमा १० प्रतिशत छुटको पनि ब्यवस्था गरीएको थियो।
त्यसैगरी, सहभागीहरूले ग्यारेन्टी उपहार, विशेष सर्भिसिङ छुट, लक्की ड्र उपहार, रमाइला खेलहरू, विशेषज्ञहरूसँग अन्तर्क्रिया, छिटो मर्मत सेवा, फ्रि वास, बाइक एक्सचेन्ज सुविधा, बाइक फाइनान्स सुविधा र रोयल इनफिल्ड राइडरहरूका लागि दिवा खनाको समेत व्यवस्था गरिएको थियो।
यस क्याम्पमा तीन दिनको अवधिमा झण्डै दुई हजार जना सहभागी भए भने पाँच सयभन्दा बढी बाइकहरूको सर्भिसिङ गरिएको थियो।
महिला राइडरहरू तथा पुराना ग्राहकहरूले समेत कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए।