सांग्रिला मोटर्सले आज (मंगलबार) एक समारोहकाबीच 'लिप मोटर टी०३' आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
समारोहमा बोल्दै सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम र दिगो विश्वस्तरिय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाइएकोमा खुसी व्यक्त गरे।
लिप मोटर टी०३ मा ३७.३ किलाेवाट आवर ब्याट्री रहेको छ जसले डब्ल्युएलटिपी रेन्ज कम्बाइन्ड साइकलमा २६५ किमी र अर्बन साकलमा ३९५ किमी रेन्ज प्रदान गर्छ।
यसमा लेभल २ एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टी असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ, जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ।
'हामी लिप मोटर टी०३ नेपालमा प्रस्तुत गर्न उत्साहित छौं, जसले दिगो यातायातको भविष्यको मार्गदर्शन गर्ने हाम्रो दृष्टिकोणलाई अझ बलियो बनाउँछ,' सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने।
सांग्रिला मोटर्स प्रा. लि. २०१७ देखि प्युजोको एकमात्र आधिकारिक आयातकर्ता र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको छ।
सी१०को हालको लञ्च र अहिले लिप मोटर टी०३ को लञ्चले कम्पनीको नेपालमा विश्वस्तरीय अटोमोटिभ ब्रान्ड ल्याउने प्रतिबद्धता अझ सुदृढ बनाएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार सांग्रिला मोटर्स नेपालमा दिगो सवारीका लागि नयाँ मापदण्ड तय गर्दै नयाँ पुस्तामा विद्युतीय सवारीसाधनहरू उपलब्ध गराएर अटोमोटिभ ल्यान्डस्केपलाई नयाँ आकार दिन समर्पित छ।