नेपालका लागि दिपल, नामी र सेरेस इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आइतबारबाट इभी कार्निभल सुरू गरेको छ।
काठमाडौं नक्सालस्थित अमरपाली बैंक्वेट लगायत देशभरका सोरुमहरुबाट इभी कार्निभल सुरु गरेको हो।
बुधबारसम्म चल्ने इभी कार्निभलमा ग्राहकहले दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सक्नेछन्।
एमएडब्लु वृद्धि इभी कार्निभलमा ग्राहकले हरेक इभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, निशूल्क सात किलोवाट चार्जर र एसेसोरिज, शून्य सडक कर र अटोप्लस इन्स्योरेन्स पाउनेछन्।
ग्राहकले आठ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको उचित मुल्यांकन गरिने कम्पनीले जनाएको छ।
साथै, हरेक दिन बुकिङ गर्नेमध्ये एक जोडीले नगरकोटस्थित कन्ट्रि भिल्लामा निशुल्क नाइट स्टे सुविधा पाउने छन्। लक्की ड्रमार्फत एक जनाले आईफोन–१६ प्रोम्याक्स पाउने कम्पनीले बताएको छ।
यो मेलामा ग्राहकले भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयुभीको अनुभव पनि गर्न सक्नेछन्।
कानिर्भलमा ग्राहकले दिपलको चर्चित मोडल एस–०७, एस–०७ एलका साथै नामी बक्स र सेरेस-३ को टेस्ट ड्राइभ गर्न सक्नेछन्।