टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने 'टाटा मोटर्स वन वर्ल्ड २०२४' कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिले ७ उत्कृष्ट अवार्ड जित्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएको छ।
साथै, पाइनियरिङ इभी एक्सपान्सनका लागि विशेष कदर पत्र प्राप्त गर्दै नेपालले शून्य-उत्सर्जन सवारीसाधनको विस्तारमा अघि बढ्ने प्रतिबद्धता पुनः स्थापित गरेको बताइएको छ।
सिप्रदी ट्रेडिङले नेपाललाई सबै प्रमुख सेग्मेन्टहरूमा सबैभन्दा उच्च बजार हिस्सा दिलाउँदै, निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यसले नेपाललाई कमर्सियल सवारीसाधन क्षेत्रमा अग्रणी स्थानमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
सिप्रदी ट्रेडिङको यो उपलब्धि ग्राहकहरूको विश्वास, टीमको निरन्तर मेहेनत र टाटा मोटर्सका विश्वसनीय उत्पादनहरू को प्रतिफल हो।
सबै प्रमुख सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै, सिप्रदी ट्रेडिङले बजारमा आफ्नो बलियो उपस्थिति कायम राख्दै आएको छ।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ ले भने, 'हामी हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा र सुलभ सवारीसाधन प्रदान गर्न सधैं प्रतिबद्ध छौं। यी पुरस्कारहरूले हाम्रो टिमको मेहेनतलाई सम्मान गर्दै ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रेरणा दिएको छ।'