अग्नि मोटोइंक अग्नि ग्रुपको सहायक कम्पनी प्युजो मोटरसाइकल नेपालमा ल्याएको छ।
कम्पनीले १२० वर्षभन्दा बढीको इतिहास भएको विश्व प्रसिद्ध फ्रेन्च मोटरसाइकल प्युजो नेपाली बजारमा ल्याएको हो।
यस मोटरसाइकलले स्थानीय नयाँ युगको सुरुआत गर्दै नेपाली सवारलाई फ्रेन्च आकर्षण, अत्याधुनिक प्रविधि र असाधारण प्रदर्शनको मिश्रण प्रदान गर्ने कम्पनीको भनाइ छ।
एक विशेष समारोहमा डजेंगो १२५ र स्पिडफाइट ४ सार्वजनिक गरिएको हो।
डजेंगो १२५: यो १२५ सिसी मोटरसाइकल हो। जसले रेट्रो फ्रेन्च डिजाइन र आधुनिक इन्जिनियरिङलाई समावेश गरेको छ।
यो मोटरसाइकल नेपाली बजारमा ५ लाख ७१ हजार रूपैयाँमा उपलब्ध हुनेछ।
स्पिडफाइट ४: एक गतिशील, उच्च प्रदर्शन गर्ने स्कुटर हो जसको १५० सिसी इन्जिनले तीव्र गतिको ह्यान्डलिङ र साहसी, खेलकुद सौन्दर्य प्रदान गर्दछ।
यसको मूल्य ६ लाख ३२ हजार रूपैयाँ तोकिएको छ।