सुर्खेतका टाटा गुरु अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बन्न सफल भएका छन्।
टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेनुइन पार्ट टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्टको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट प्रालि र टाटा मोटर्सको संयुक्त आयोजनामा फागुन १ गते काठमाडौंमा आयोजित 'सिपलाई पहिचानसँगै प्रतिभालाई सम्मान' भन्ने मूल नाराका साथ 'गुरुक्षेत्र–२, २०२५' कार्यक्रम सम्पन्न भएको छ।
टाटा गुरु मेकानिक्स प्राविधिकबीच सम्पन्न उक्त प्राविधिक सिप तथा दक्षता एवं ज्ञानमा आधारित प्रतिस्पर्धात्मक कार्यक्रम 'गुरुक्षेत्र–२, २०२५' मा सहभागी प्रतिस्पर्धी गुरुहरूलाई पछि पार्दै टाटा गुरु अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बन्न सफल भएका छन्।
उक्त प्रतिस्पर्धाको लागि देशभरबाट १०० टाटा गुरुहरूको सहभागिता थियो।
सिप्रदीका अनुसार नम्बर एक टाटा गुरु विजेता घोषित अभिषेकसँगै द्वितीय स्थान प्राप्त गर्न सफल टाटा गुरु लाल बहादुर नेगी र तृतीय स्थान हाँसिल गर्न सफल गुरु ब्रह्मानन्द चौधरी र सन्जय दनुवारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भई नेपाललाई विश्व सामु चिनाउने अवसर प्राप्त गरेका छन्।
यसैगरी, प्रथम आठ स्थानमा पर्न सफल भएका टाटा गुरु अनिल श्रेष्ठ, शर्वन कुमार मानन्धर, धर्म श्रेष्ठ र भूमिराज खत्री समेतले टाटा मोटर्सको प्लान्टस्मा गई तालिम प्राप्त गर्ने सिप बढोत्तरीको अवसर पाएका हुन्।
समारोहमा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै सिप्रदी अटोपार्टका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले देशभरका स्थानीय प्राविधिकहरूलाई टाटा मोटर्स र सिप्रदी अटोपार्टसले सम्मानित गरेको उल्लेख गर्दै गुरुहरूलाई समाजका आर्थिक, प्राविधिक सामाजिक रूपमा अगाडि बढाउन टाटा मोटर्स सिप्रदी अटोपार्टले करिब सात करोड रूपैयाँ खर्च गरिसकेको जानकारी गराए।
देशभरबाट १०० जना टप टाटा गुरु सहभागी रहेको सो कार्यक्रममा सिप्रदी ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले सम्पूर्ण विजेतालाई बधाई एवं शुभकाना ज्ञापन गर्दै निजी क्षेत्रका प्राविधिकहरूका सिप र दक्षता अभिवृद्धिको लागि सिप्रदी र टाटा मोटर्स सदैव लागिरहेको र भविष्यमा पनि लागि रहने प्रतिबद्धता जनाउनुका साथ्रै टाटालाई नेपालको अटोमोबाइल क्षेत्रमा नम्बर एक बनाउन सहयोग पुर्याएकोमा सम्पूर्ण टाटा गुरुहरूलाई धन्यवाद समेत व्यक्त गरे।
उक्त समारोहलाई सम्बोधन गर्दै टाटा मोटर्सका हेड सिभिआइबी कस्टमर केएर, राकेश मित्तलले सम्पूर्ण टाटा गुरुहरूलाई समयसँगै सिप र प्रविधिमा अपग्रेड हुन जरुरी रहेको आवश्यकता औंल्याए।
साथै सिपमा अपग्रेड हुन नसकेको खण्डमा पछि पर्नुपर्नेमा सचेत रहन आग्रह गर्दै टाटा मोटर्स र सिप्रदी सबैलाई साथमा लिएर अगाडी बढ्न तयार रहेको स्पष्ट पारे।
सो अवसरमा उपस्थित टाटा गुरुहरूलाई रोयल इनफिल्ड मोटरसाइकल १ थान, पल्सर १५० २ थान, एफजेट १ थानका साथै टिभी, फ्रिज, मोबाइल, वासिङ मेसिन लगायतका सामग्री वितरण गरिएको थियो।