पोखरामा पहिलो पटक पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) अटो शो आयोजना हुने भएको छ।
नाडा अटोमोबायल्स एसोसिएसन अफ नेपाल (नाडा) सहयोगमा शो आयोजना गर्न थालिएको हो।
आगामी चैत १३ देखि १७ गतेसम्म यस अटो शो गरिन थालेको वाडाले जनाएको छ।
यसको लागि आवश्यक तयारी गरिएको वाडाका पदाधिकारीहरूले बताएका छन्।
नाडाका अध्यक्ष करण चौधरीले यस आयोजनाको सम्भाव्यता, मोडालिटी र कार्यान्वयनका विषयमा विस्तृत छलफल गरी नाडाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नाडाले १९९८ देखि हरेक वर्ष काठमाडौंमा नाडा अटो शो आयोजना गर्दै आएको छ।
गत भदौमा सम्पन्न १६औं संस्करणको नाडा अटो शो २०२४ को सफलतासँगै अब नाडाले अन्य प्रदेशहरूमा पनि अटो शो विस्तार गर्ने योजना जनाएको छ।