चीनको नयाँ ऊर्जा गाडी एनइभी (एनइभी) निर्माण गर्ने कम्पनी बिवाइडी ले 'बिवाइडी सेनजेन' सार्वजनिक गरेको छ।
यो संसारकै ठूलो रोल–अन/रोल–अफ कार क्यारियर रहेको कम्पनीको भनाइ छ।
यस क्यारियरले ९ हजार २०० गाडी बोक्न सक्ने क्षमता राख्ने र यो बिवाइडी को दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्त्वपूर्ण कदम रहेको कम्पनीले बताएको छ।
चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल–फ्युल प्रविधि, बिवाइडी का अत्याधुनिक ब्याट्री प्याक र सफ्ट जेनेरेटरद्वारा सञ्चालित छ।
यी प्रविधिले बिवाइडी सेनजेनलाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको कम्पनीको दाबी छ।
बिवाइडी सेनजेनले बिवाइडी को बढ्दो जहाजहरूको समूहमा स्थान पाएको बताइएको छ।
सन् २०२४ मा बिवाइडी ले ४ लाख १७ हजारभन्दा धेरै विद्युतीय गाडी विदेश पठायो, जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो।
कम्पनीका अनुसार विद्युतीय गाडीको माग बढ्दै जाँदा बिवाइडी नयाँ प्रविधि, दिगो समाधान र बलियो आपूर्ति प्रणालीसँग अगाडि बढिरहेको छ।