बाइक निर्माता कम्पनी रोयल इन्फिल्डले नयाँ वर्षको सुरूआती चरणमै नयाँ उत्पादन सार्वजनिक गरेको छ।
कम्पनीले रोयल इन्फिल्ड एडभेञ्चर बाइक स्क्र्याम ४४० बिहीबार सार्वजनिक गरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको हो।
कम्पनीले यो बाइक ट्रेल र फोर्स गरी दुइटा भेरियन्टमा ल्याएको छ। यी बाइक नयाँ डिजाइन र ठूलो इञ्जिन क्षमतामा ल्याइएको छ।
ट्रेलमा तारवाला टायर रिङ (वायर–स्पोक व्हिल) छ भने फोर्समा आल्मुनियम र म्याग्नेसियम जस्ता हल्का धातुबाट बनेको रिङ (अलोय व्हिल) टायर हुन्छ।
यी दुवैमा ट्युबलेस टायर प्रयोग गरिएको हुन्छ।
यसको इञ्जिन क्षमता ४४३ सिसी छ। त्यस्तै, ट्यांकीको क्षमता १५ लिटरको छ। यसमा एन्टीलक ब्रेकिङ सिस्टम जडान गरिएको छ।
जसले गर्दा अचानक ब्रेक लगाउँदा पांग्रा लक हुने वा चिप्लने हुँदैन। ग्राहकले यी बाइक पाँच वटा रंगमा किन्न पाउँनेछन्।
ट्रेलको मूल्य दुई लाख ८ हजार भारू तोकिएको छ भने फोर्सको मूल्य दुई लाख १५ हजार भारू तोकिएको छ।