नेपालमा दिपल मोटर्स कम्पनीको एसयुभी एस०७ एल गाडी सार्वजनिक गरिएको छ।
शुक्रबार एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल नेपाल क्रिकेट संघका सचिव पारस खड्का र एमएडब्ल्यू वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतको उपस्थितिमा यो गाडी सार्वजनिक गरिएका हो।
दिपलको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि हो।
दिपलले इलेक्ट्रिक एसयुभी दिपल एस०७ को अपग्रेडेड र रेन्ज बढाएर यो गाडी बजारमा ल्याएको हो। कम्पनीका अनुसार एस०७ एलमा १६० किलोवाटको रियर ह्विल ड्राइभ रहेको छ।
७९.९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको यो गाडीले सिंगल चार्जमा ४८५ किलोमिटर डब्ल्युएलटिपी रेन्ज दिइएको छ।
तर, नेपालमा टेष्ट ड्राइभ गारउने क्रममा पूर्वको बाटोमा ५१७ किलोमिटर र पश्चिमको बाटोमा ६२९ किलोमिटरसम्मको रेन्ज दिएको छ।
यो विद्युतीय एसयुभीको टप स्पिड १८० किलोमिटर प्रति घन्टा रहेको छ भने शून्यदेखि १०० किलोमिटर प्रति घन्टाको रफ्तार मात्र ६.६ सेकेन्डमा प्राप्त गर्ने जनाइएको छ।
एस०७ एलले बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर, ठूला २० इन्चका टायरले आकर्षित गरिएको छ।
क्याबिनमा क्वालकम स्न्यापड्रागन ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिन रहेको छ। यो गाडीमा नेभिगेसन र ड्राइभर इन्फर्मेसनका लागि अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, ह्यान्ड्स फ्रि अपरेसनका लागि जेस्चर कन्ट्रोल, वेलकम सिट, एन्डभान्स्ड सेफ्टी ड्राइभिङ, एडास २.५ जस्ता फिचरहरु रहेका छन्।
सुरक्षाका लागि यसमा एआइसिसी एडाप्टिभ क्रुज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, ट्रान्सपरेन्ट च्यासिस सहितको ३६० डिग्री प्यानोरामिक क्यामेरा छ।
यो गाडीको अधिकतम बजार मूल्य ८४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। तर १५ दिनभित्र बुकिङ गर्नेको हकमा भने तीन लाख छुट दिने जनाइएको छ।
हालसम्म एमएडब्ल्यूले नेपालमा दिपल एस०७ अन्तर्गतका साढे सात सयभन्दा बढी गाडी बिक्री गरेको जनाएको छ।