एमजी मोटर यूकेले ‘ईभी म्यानुफ्याक्चरर अफ द इयर’को उपाधि जितेको छ। विद्युतीय सवारीमा समर्पण र नवप्रवर्तनको लागि ‘ग्रीनफ्लिट अवार्ड्स’ बाट यो सम्मान गरिएको हो।
ग्रीनफ्लिट अवार्ड्सले हरेक वर्ष वातावरणमैत्री र दिगो यातायात समाधानको क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्ने कम्पनीहरूलाई सम्मान गर्ने गरेको छ।
यस वर्षको अवार्डले एमजीको विद्युतीय सवारी साधनहरूको क्षेत्रमा गरेको योगदान र किफायती, सुलभ र दिगो इलेट्रिक सवारी उत्पादनमा यसको प्रतिबद्धतालाई मान्यता दिएको छ। एमजीले २०२२ मा पनि यो अवार्ड जितेको थियो।
ग्रीनफ्लिट अवार्ड्सले एमजीको दिगो र पर्यावरणमैत्री यातायात समाधानमा गरेको योगदानलाई मान्यता दिएको छ। एमजीले अहिले शताव्दी वर्ष मनाएको छ। यसको स्थपनामा सन् १९२४ मा भएको थियो।
एमजी मोटरले पछिल्ला सात वर्षमा अत्यधिक बिक्री बढाएको छ। कम्पनीले आफ्नो वार्षिक सवारी बिक्री १० हजार युनिटबाट बढाएर ८० हजार पुर्याएको छ। यसले विद्युतीय सवारीमा चार प्रतिशत हिस्सा समेटेको उल्लेख छ।
एमजीको विशेषगरी ‘एमजी४ ईभी’ प्रमुख सफल मोडलको रूपमा चिनिने गरेको छ। यसले किफायती, उच्च प्रदर्शन र लामो रेन्जका विद्युतीय सवारी उपलब्ध गराएको छ।
एमजीले सन् २०२५ मा नयाँ विद्युतीय मोडलहरू, मध्यम आकारको एसयूभी लगायतका गाडी ल्याउने तयारी गरेको छ।