नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले एकैदिन १०० वटा बिवाइडी एम–६ डेलिभरी गरेको छ।
बिवाइडी इन्टरनेसनल बेलुन फेस्टिबल २०२४ को अवसरमा मंगलबार बिवाइडी एम–६ सार्वजनिक गरेको थियो।
सार्वजनिक गरेकै दिन १०० वटा गाडी डेलिभरी गर्न पाउनु कम्पनीका लागि ऐतिहासिक कोशेढुंगा भएको कम्पनीले बताएको छ।
कमपनीले गत डिसेम्बर ११ अर्थात् मंसिर २६ गतेदेखि प्रि–बुकिङ खुलाएको थियो।
बिवाइडी एम–६ प्रति ग्राहकहरूको उत्साहजनक रूचि देखिएको कम्पनीको दाबी छ।
यसले नेपालको इभी बजारमा बिवाइडीको नेतृत्व झल्काउनुका साथै नेपालमा सस्टेनेबल मोबिलिटी सोलुसनको बढ्दो माग देखिएको कम्पनीले उल्लेख गरेको छ।
यो गाडीको मूल्य ५८ लाख ९० हजार रूपैयाँ तोकिएको छ।
सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिन्छ। ७ सिटरको उक्त गाडीमा ७१.८ किलोवाट आवरको ब्लेड ब्याट्री जडान गरिएको छ। ४० मिनेटमा ८० प्रतिशत सम्मको चार्ज ४० मिनेटमै हुन्छ।
यो गाडीमा अत्याधुनिक सुरक्षा प्रविधि जडान गरिएको छ।