चांगान नेपालले पूर्व कप्तान पारस खड्कालाई दीपल इभीको आधिकारिक ब्रान्ड एम्बेसडर घोषणा गरेको छ।
काठमाडौंको मेरियट होटलमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट एसोसिएसनका सचिव समेत रहेका खड्कालाई दीपल इभीले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो।
कार्यक्रममा क्रिकेटर पारस खड्काले दीपल इभीसँग आबद्ध हुन पाउँदा हर्षित भएको बताए।
'यति धेरै फिचरले भरिएको इभी यति कम मूल्यमा छ, जुन यो सेग्मेन्टमै छैन,' उनले भने, 'इनोभेसन र टेक्नोलोजीमार्फत् इभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दीपलसँग आबद्ध हुन पाउँदा खुसी छु।'
त्यसैगरी पारसलाई दीपल एस०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दीपल इभीको ब्रान्ड एम्बेसडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताए।
दीपल एस०७ केही महिनाअघि सार्वजनिक भएको हो। नेपालमा सार्वजनिक भएयता चांगानले पाँच सय वटाभन्दा बढी डेलिभर गरिसकेको जनाएको छ।