एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको गैरीधारामा दिपल एक्सचेन्ज कार्निभल सुरू गरेको छ।
एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा एक्सचेन्ज कार्निभलको सुरुवात गरे।
पहिलो दिनमै पुरानो गाडी साटेर दिपल इभीमा अपग्रेड हुन चाहनेहरूको उल्लेख्य सहभागिता रहेको थियो।
दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य ७१ लाख ९९ हजार रूपैयाँमा दिपल हट मोडेल दिपल एस०७ खरिद गर्न सक्नेछन्।
साथै, ग्राहकले आफ्नो पुरानो गाडीको मूल्यांकन नेपालकै टप ६ रिकन्डिसन हाउसबाट गराउन सक्नेछन् भने ग्राहकको सहजतालाई ध्यानमा राखेर एमएडब्लु वृद्धिले अतिरिक्त एक्सचेन्ज बोनस, अनस्पट फाइनान्स र अन स्पट डेलिभरी पनि पाउनेछन्।
कार्निभलको उद्घाटनमा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवालले दिपलले आफ्नो डिजाइन, पर्फमेन्स र फिचरका कारण छोटो समयमै नेपाली प्रयोगकर्ताको मन जित्न सफल भएको बताए।
त्यसैगरी, एमएडब्लु अटोकर्पका विवेक सिकारियाले 'इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन' नेपाल 'फिचर–लोडेड' दिपलका इभीहरूको वनरसिपलाई सहज बनाउन यो विशेष कार्यक्रमको आयोजना गरेको बताए।
कार्निभलको पहिलो दिनमै ग्राहकले रुचिका साथ कार्निभलमा सहभागिता जनाएका थिए।
यो कार्यक्रममार्फत नेपालमा चांगान र दिपलको पोजिसनलाई अझ बलियो बनाउने अपेक्षा एमएडब्लु वृद्धिले लिएको छ।
नेपालमा दिपल एस०७ र एल०७ गरी दुई मोडेल बिक्री हुँदै आएको छ। यी इभीहरू एड्भान्सड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ।
दिपल इभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिङ मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरू छन् जुन अझै पनि सेग्मेन्टका अन्य मोडलहरूमा उपलब्ध छैन।
एक्सचेन्ज कार्निभल असोज ३ गतेसम्म सञ्चालनमा रहनेछ।