दिगो ग्रुपले आज (बुधबार) बाट भदौ २२ गतेसम्म दिगो अटो कार्निभलको आयोजना गरेको छ।
कार्यक्रमको उद्घाटन दिगोका संस्थापक राजन रायमाझी र दिगोको सेल्स पार्टनर ग्रीन अटोमोबाइल्सका प्रबन्धक प्रविन खतिवडाले गरे।
यस कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रहेको कम्पनीको भनाइ छ।
कार्निभलमा ग्राहकले पुराना सवारीसाधनलाई नयाँ विद्युतीय सवारीसाधनसँग एक्सचेन्ज गर्न सक्ने सुविधा पाउनेछन्।
यस अवसरमा दिगो ग्रुपले सहभागीहरूलाई विशेष नगद छुट, थप मूल्यांकन, र सरल वित्तीय योजनाहरू जस्ता विभिन्न आकर्षक प्रस्तावहरू उपलब्ध गराउने जनाएको छ।
उद्घाटन समारोहमा दिगोका संस्थापक राजन रायमाझीले यस्तो कर्निभल विद्युतीय सवारीसाधनको लागि नेपालमा पहिलो पटक आयोजना भएको भन्दै ग्राहकलाई सहज बनाउन आगामी दिनमा पनि दिगोले यस्तै कार्यक्रम गर्दै आउने बताए।
दिगो ग्रुपले विगत ६ वर्षदेखि नेपालमा विद्युतीय ११ सिटर भ्यानदेखि ३० सिटर बससम्म बिक्री वितरण तथा सर्भिस प्रदान गर्दै आएको छ।