नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा 'निसान फेस्टिभ डिल' को विशेष छुटको योजना ल्याएको छ।
यो योजना निसानका सबै गाडीहरू-निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रेलमा लागु हुने कम्पनीको भनाइ छ।
नजिकिँदै गरेको चाडपर्वको अवसरमा यो विशेष छुटको योजना ल्याइएको र यो योजना चाडपर्वको अवधिभरी लागु हुने कम्पनीले बताएको छ।
'निसान फेस्टिभ ड्राइभ' योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनेछन्।
जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी बीमा (इन्स्योरेन्स), निःशुल्क ३ वर्षको सडक कर(रोड ट्याक्स), निःशुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टी र १५ लाख रूपैयाँसम्मको छुट पाइने कम्पनीले बताएको छ।
निसान म्यागनाइट नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो जसमा राम्रो रिसेल भ्यालु र क्लास–लिडिङ सुविधाहरू रहेका छन्।
निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म 'नो रनिङ कस्ट' को मजा लिन सक्नेछन्।
त्यसैगरी, निसान एक्स–ट्रेल बिगर र बोल्डर इलेक्ट्रिक एसयुभी हो जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र उच्चस्तरको प्रविधिको साथ पारिवारिङ एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ।
निसान एक्स–ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म 'नो रनिङ कस्ट' हुने कम्पनीको दाबी छ।
यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ।
यी सुविधाहरूमा केही सर्तहरू लागु हुने कम्पनीले बताएको छ।