लिपमोटरले लक्जरी इलेक्ट्रिक एसयुभी सी१० नेपाल र युरोपमा एकै साथ ढुवानी सुरू गरेको छ।
सांग्रिला मोटर्स (नेपालमा लिपमोटरका लागि अधिकृत बिक्रेता कम्पनी)ले आफ्ना ग्राहकलाई लक्जरी इभी उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धतालाई जोड दिँदै नेपाली बजारमा सी१० ल्याउने भएको छ।
युरोप र नेपालमा एकैसाथ ढुवानीले लिपमोटरको विश्वव्यापी रणनीतिको प्रमुख भागको रूपमा नेपाली बजारप्रति बलियो प्रतिबद्धतालाई जोड दिन्छ।
लिपमोटर सी१० एक लक्जरी इलेक्ट्रिक एसयुभी हो र यसमा ६९.९ किलोवाट एलएफपी ब्याट्री, १६० किलोवाट पावर र ३२० एनएम टोर्क छ।
यो गाडीमा ४२० किलोमिटरको दायरा र १९० एमएमको ग्राउन्ड क्लियरेन्स छ जसले नेपालका विविध भूभागमा सजिलै पुग्न सकिन्छ।
सी१० ले सबै यात्रुहरूका लागि शीर्ष स्तरको सुरक्षा सुनिश्चित गर्दै ५तारा एनसिएपी सुरक्षा मूल्यांकन प्राप्त गरेको छ।
काठमाडौं, विर्तामोड, वीरगञ्ज, विराटनगर, दाङ, नारायणघाट, बुटवल, नेपालगञ्ज र पोखरासहित नेपालका प्रमुख सहरहरूमा लिपमोटर सी१० वितरण गर्न सांग्रिला मोटर्सले तयारी गरिरहेको बताइएको छ।