नाडा अटो शो २०२४ मा जी मोटर्स प्रालिले स्काइवेलका विद्युतीय सवारीका लागि १२६ बुकिङ प्राप्त गरेको जनाएको छ।
कम्पनीले इटी५–६२० (६२० किमी), बिइ११ (५२० किमी र ४२० किमी) मोडेलहरूको बुकिङ भएको जानकारी दिएको छ।
हाल नेपालमा ४० भन्दा बढी स्काइवेल इटी५–६२० प्रिमियम विद्युतीय एसयुभी बिक्रीमा छन्।
नाडा अटो शोमा बुकिङ गरिएका ग्राहकहरूको लागि विशेष मूल्य निर्धारण गरिएको छ।
४१० किमी बिइ११को मूल्य ७५ लाख ९० हजार रूपैयाँ, ५२० किमी बिइ११को मूल्य ८५ लाख ९० हजार रूपैयाँ र इटी५को मूल्य १ करोड १० लाख रूपैयाँ छ।
जी मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले ग्राहले उत्साहजनक बुकिङ गरेको भन्दै खुसी व्यक्त गरे।
'ग्राहकहरूको समर्थनले हामीलाई उत्साहित बनाएको छ। हामी १/२ दिनभित्र सवारी डेलिभरीको तयारी गरिरहेका छौं,' उनले भने।
नेपालमा उपलब्ध स्काइवेलका प्रिमियम सवारीले युरोपियन गुणस्तर, प्रदर्शन, र १५० किलोवाटको उच्च पावरको लाभ ग्राहकलाई दिने कम्पनीले जनाएको छ।
स्काइवेल ६५ भन्दा बढी देशहरूमा बिक्री हुने प्रिमियम सवारी उत्पादक कम्पनी हो।
जसमा जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, र पोल्याण्ड समावेश छन्।
कम्पनीले नाडा शोपछि सबै मोडेलका मूल्यमा ५ लाख रूपैयाँले वृद्धि हुने जानकारी दिएको छ।