एमएडब्लु समूहले नाडा अटो शोमा एक हजारभन्दा बढी दुई तथा चार पांग्रे सवारी साधनहरूको बिक्री गरेको बताएको छ।
नेपाली अटोमोटिभ उद्योगमा परिचित नामले प्रस्तुत एमएडब्लु समूह विश्वसनीय, रिलायबल तथा इनोभेटिभ ब्राण्डहरूको विस्तार गर्न प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ।
यस वर्षको नाडा अटो शोमा समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चांगन, दिपल, अवतार र सेरेस लगायतका ब्रान्डहरूको लाइनअप प्रदर्शनमा राखिएको थियो। एमएडब्लुले राखेको हरेक स्टलमा अवलोकनकर्ताको सहभागिता बाक्लो रहेको थियो।
एमएडब्लु समूहका निर्देशक विष्णु अग्रवालले नाडा अटो शो प्रति कृतज्ञता र उत्साह व्यक्त गरे।
उनले भने, 'नाडा अटो शोमा हाम्रो गाडीहरू प्रति ग्राहकहरूले देखाउनु भएको उत्साह र यसको अतुलनीय सफलताको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं। हाम्रा ग्राहकहरूको अविश्वसनीय प्रतिक्रियाले हाम्रो अपेक्षाहरूलाई पूरा गरेको छ। यो उपलब्धि हाम्रो टोलीको कडा परिश्रम र समर्पणका साथै हाम्रा मूल्यवान ग्राहकहरूको विश्वास र समर्थनको प्रमाण हो।'
एमएडब्लु–वृद्धी समूहका प्रबन्ध निर्देशक विवेक सिकरियाले पनि एमएडब्लु–वृद्धिले प्रतिनिधित्व गर्ने ब्रान्डहरूमा ग्राहकहरूको विश्वासको लागि कृतज्ञता व्यक्त गरे।
'हाम्रो विद्युतीय सवारीसाधन माथि देखाउनु भएको समर्थन अतुलनीय छ र यसले दिगो भविष्यतर्फको महत्त्वपूर्ण कदमलाई देखाउँछ। कमर्शियलदेखि प्यासेन्जर सवारीसाधनसम्मका हाम्रा इभी गाडीहरू ग्राहकहरूमाझ निकै चर्चित छन्, नाडाको सफलता यसले दर्साउँछ।'