नाडा अटो शोमा पहिलो दिनमै १०० भन्दा बढी बुकिङ लिएर बिक्री सुरू भएको पन्च इभीको ४ दिनमा ३२८ बुकिङ भएको छ।
पन्च इभीको नाडाको बाँकी दुई दिन पनि उपभोक्ताहरूको बाक्लो उपस्थिती रहने विश्वास रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए।
टाटा पन्च इभी सुरूवाती मूल्य ३३ लाख ९९ हजार रूपैयाँमा सार्वजनिक गरिएको हो।
यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ।
साथै नाडामा गाडी किन्ने ग्राहकहरूलाई सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको पनि घोषणा गरिएको छ।