एमजी मोटर्सले नेपालमा आफ्नो नयाँ विद्युतीय एसयुभी साइबरस्टर सार्वजनिक गरेको छ।
नाडा अटो शो २०२४ को अवसरमा सार्वजनिक गरिएको यो गाडीमा अवलोकनकर्ताको ध्यान खिचेको छ।
साइबरस्टरमा २५० किलोवाटको मोटर रहेको छ। ७७ किलोवाटको ब्याट्री राखिएको यो गाडीले पाँच सय किलोमिटरको ड्राइभिङ रेन्ज दिने एमजीको नेपालको लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जनाएको छ।
यो गाडीको नेपाली बजार मूल्य एक करोड ६८ लाख रूपैयाँ तोकिएको छ।
इन्फोटेन्मेन्ट सिस्टमदेखि एड्भान्सड ड्राइभिङ असिस्ट सिस्टम (एडिएएस) सम्मका आधुनिक सुविधा यसमा उपलब्ध गराइको कम्पनीले जनाएको छ।
नेपाली बजारमा यो गाडी एक महिनाभित्र डेलिभरी गराइदिने उल्लेख गरिएको छ।
एमजीका अन्य केही गाडीमा छुट दिए पनि यो गाडीमा छुट सुविधा नराखिएको कम्पनीले जनाएको छ।
अत्याधुनिक सुविधाका कारण यो गाडीले ग्राहकहरूको ध्यान खिचेको छ।