नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिंसको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दसैं तिहारभरिका लागि आकर्षक ग्राहक योजना 'सुजुकी पर्वोत्सव अफर' सार्वजनिक गरेको छ।
यो योजना अन्तर्गत ग्राहकले चार लाख रूपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, एक लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एसोसरिजहरू पाउन सक्नेछन्।
कम्पनीले नाडा अटो शो लक्षित शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप दुई लाख रूपैयाँसम्मको छुट प्रदान गर्नेछ।
सुजुकीका अनुसार पेट्रोल गाडी किन्ने ग्राहकले एक हजार लिटरसम्म निःशुल्क पेट्रोल खर्च र ११ पटकसम्मको मर्मतसम्भारका साथै इन्जिन आयल निःशुल्क पाउनेछन्। यो छुटको दाबी अवधि पाँच वर्षसम्म हुनेछ।
यो योजनामा थप १ वर्षको बीमा र सिट कभर सहितको सुजुकी जेन्युन एसोसरिज पनि निःशुल्क पाइने छ।
यस्तै, बिक्री पछिको रिसेल भ्यालु प्रति मनोबल अझै बढाउन पाँच वर्षपछि दुई लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र पाँच वर्षको ढुक्क वारेन्टी पाइनेछ।
स्विफ्ट विगतदेखि उच्च रिसेल भ्यालु भएको गाडी हो र थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्री गर्दा फाइदा हुने कम्पनीको भनाइ छ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरूमा लागु हुनेछ।
सुजुकीका विभिन्न मोडेलहरूका कारहरू बमोजिम फरक–फरक हिसाबका छुटहरू लागु हुनेछन्।
नाडा अटो शोमा सुजुकीले चौथौ संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरेको हो।
नयाँ एपिक स्विफ्टसँगै नाडा अटो शोमा सुजुकीका नयाँ एसयुभीहरू जिम्नी, फ्रोन्क्स, ग्रान्ड भितारा र नयाँ ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ।
यो योजना सीमित अवधिका लागि लागु गरिएको र यसमा केही शर्तहरू लाग्ने कम्पनीले जनाएको छ।