चिनियाँ अटोमोबाइल कम्पनी लिप मोटरले आफ्नो नयाँ मोडल ‘सी–१०’ लाई नेपालमा सार्वजनिक गरिएको छ।
नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्सले यो मोडललाई नाडा अटो शो २०२४ को अवसरमा सार्वजनिक गरेको हो।
यो प्रिमियम इलेक्ट्रिक क्रसओभरमा १७० किलोवाटको इलेक्ट्रिक मोटर रहेको छ।
नेपालका लागि यसको उच्च स्पेक भर्सन उपलब्ध गराइएको उल्लेख छ।
यसले यहाँको भू–भाग र सवारी आवागमनको आवश्यकताहरू पूरा गर्ने दाबी गरिएको छ।
लिप मोटर सी–१० को डिजाइनमा थ्रुटाइप लाइट ग्रुप, रियर स्पोइलर, र हिडन डोर ह्याण्डल रहेका छन्। यसले गाडीलाई आधुनिक र आकर्षक बनाएको बताइएको छ।
यसको नेपाली बजारमा मूल्य ६७ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।
यो मूल्य नाडा अटो शो अवसरमा तोकिएको हो। यसको अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) भने ७२ लाख रूपैयाँ तोकिएको छ।
यसको इन्टेरियरमा १४.६ इन्चको सेन्टर कन्ट्रोल स्क्रिन र १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल समावेश गरिएको छ।
गाडीमा ३० वटा सेन्सर, ११ वटा क्यामेरा, र १२ अल्ट्रासोनिक राडार सहितको उन्नत प्रविधि प्रयोग गरिएको छ। फाइभ लिंक सस्पेन्सनले आरामदायी यात्रा सुनिश्चित गर्ने दाबी कम्पनीको छ।
लिप मोटरको इंटेलिजेन्ट ड्राइभर असिस्टेन्स सिस्टमले १९ वटा फङ्सनहरू उपलब्ध गराउँछ, जसले यात्रालाई थप सहज र सुरक्षित बनाउँछ।
यसमा १२ वटा हाई–क्वालिटी म्युजिक स्पिकर र म्युजिक रिदम एम्बियन्ट लाइटजस्ता फिचरहरू समावेश गरिएको छ।
यो गाडीले नेपालका विद्युतीय सवारी बजारमा नयाँ र उन्नत प्रविधि ल्याउने कम्पनीको भनाइ छ।